नेभिगेशन
घटना/दुर्घटना

रुकुममा अटो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

गए राति अटो दुर्घटना हुँदा रुकुम पश्चिममा एकजनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आईतबार राति मध्यपहाडी राजमार्ग अन्तर्गत मुसिकोट नगरपालिका १ खलङ्गाबाट सानिभेरी गाउँपालिकातर्फ गइरहेको अन टेस्ट अटो सानिभेरी गाउँपालिका ९ को खारखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मुसिकोट नगरपालिका १३ निवासी २८ वर्षीय अटो चालक विनोद रोकायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार अटो अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो। अटोमा चालक मात्र रहेको बताइएको छ।  

मृतक रोकायको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना