नेभिगेशन
समाज

त्रिवेणीमा पुनर्निर्माण सम्झौता सम्बन्धी कार्यशाला

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा भूकम्पपछिको पुनर्निर्माण सम्झौता सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

आईतबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यशालामा वडा सचिव, वडा प्राविधिकलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यशालामा विपद् फोकल पर्सन खिमबहादुर ओलीले सहजीकरण गर्दै विपद् प्रभावित निजी आवासको प्रबलिकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, भवन डिजाइनसम्बन्धी प्रक्रिया तथा पुनर्निर्माणका लागि गरिने सम्झौता विषयमा विस्तृत जानकारी गराउनुभएको थियो। सहभागीहरू बीच सो विषयमा अन्तरक्रिया र छलफल समेत गरिएको थियो।

कार्यशालाबाट पुनर्निर्माण प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज