नेभिगेशन
समाज

मुसिकोटको साधनचौरमा एक पुरुषको शव फेला

रूकुम पश्चिमको मुसिकोट नगरपालिका १३ साधनचौरमा एक पुरुषको शव फेला परेको छ।
आईतबार बिहान साधनचौरमा शरीरमा कपडा नलगाएको अवस्थामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार शव मुसिकोट नगरपालिका २ निवासी नर बहादुर खत्रीको रहेको बताइएको छ । तर हालसम्म आफन्तजनले सनाखत गर्न आएका छैनन् ।

सूचना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक झविन्द्र परियारको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

मृतकको शव पोषटमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज