नेभिगेशन
समाज

रुकुम पश्चिममा इन्टरनेटको तार जोड्ने बेला करेन्ट लागेर युवाको मृत्यु

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -२ निवासी २२ वर्षीय प्रकाश थापाको करेन्ट लागेर मृत्यु भएको छ। 

आज दिउँसो १ बजेको समयमा आठबीसकोट नगरपालिका –३ हरीबिसौनामा थापालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार इन्टरनेटको तार जडान गर्ने क्रममा बिजुलीको तारमा छोइएपछि थापा घाइते भएका थिए।

घाइते थापालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज