नेभिगेशन
घटना/दुर्घटना

रुकुममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–६ शान्ति बजारस्थित भित्री सडक खण्डमा सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आज (सोमबार) साँझ करिब ६ बजे खोलागाउँबाट चौरजहारी बजारतर्फ गईरहेको लु प्र ०२–००१ त ००२३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकको दायाँपट्टिको नालामा पल्टिँदा चालक घाइते भएका थिए।

घाइते चालक रुकुम पश्चिम चौरजहारी नगरपालिका–३ स्यालखोला निवासी ३० वर्षीय कृष्ण बिक लाई उपचारका लागि चौरजहारी अस्पताल पुर्याइएको थियो। तर उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा चालक मात्रै सवार रहेको जनाइएको छ । दुर्घटनामा परेको ट्याक्टर घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना