नेभिगेशन
घटना/दुर्घटना
झारमारे जीप दुर्घटना अपडेट 

झारमारे जीप दुर्घटनामा सात जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु (विवरणसहित)

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारे नजिकै बुराउसेनीमा शुक्रबार बेलुका जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार सात जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार मृत्यु हुनेमा मृत्यु हुनेमा आठबिसकोट नगरपालिका ३ निवासी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिका १ का १६ बर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १५ वर्षीया कल्पना नेपाल, २८ वर्षीया सर्मिला बिक, आठबिसकोट नगरपालिका २ का १७ बर्षीया मनिका ओली, १८ वर्षीया सर्मिला वि.क.र २२ वर्षीया गोपाल ओली रहेका छन् । 

दुर्घटनामा परेर चालकसहित १० जना घाईते भएका छन् । घाईते हुनेहरुमा मुसीकोट नगरपालिका २ निवासी ३४ वर्षीय जीप चालक टोपजंग बुढा, आठबिसकोट नगरपालिका १ का निवासी १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा, १९ वर्षीया शान्ति बुढा, १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा र १५ वर्षीया सबिता बिक रहेका छन् ।  

घाईते मध्य जुना बुढालाई थप उपचारको लागि नेपालगञ्ज लिईएको छ भने अन्यको जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको छ । 

शुक्रबार बेलुका जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जीप आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको सिमाना पर्ने झारमारे लेकमा दुर्घटना भएको थियो । 

जीप सडकबाट सात सय मिटर तल खसेको प्रहरीको भनाइ छ । क्षमता भन्दा बढी यात्रु रहेकोले जीप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना