नेभिगेशन
घटना/दुर्घटना

मुसिकोटबाट स्यालाखदी जाँदै गरेको गाडी झारमारेमा दुर्घटना

रुकुम पश्चिमको झारमारेमा यात्रुवहाक जीप दुर्घटना भएको छ । 

शुक्रबार बेलका जिल्ला सदरमुकाम खलंगाबाट आठबिसकोटको स्यालाखदितर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जीप आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको सिमाना पर्ने झारमारे लेकमा दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनले दुर्घटनाको खबरआएको र घटनास्थलतर्फ प्रहरी परिचालन भईसकेको जनाउनुभयो । उहाँका अनुसार दुर्घटना ठुलै भएको र केहिको हताहती समेत भएको खबर रहेको छ । उहाँले केहि बेरमा विवरण आईपुग्ने जनाउनुभयो । 

बाँफिकोट गाउँपालिका निवासी युवा बिजय अधिकारीले टोपजंग बुढा चालक रहेको बोलेरो गाडी दुर्घटना भएको हो । गाडीमा क्षमता भन्दा बढी यात्रु रहेको र केहिको मृत्यु भएको खबर आएको उहाँले जनाउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना