नेभिगेशन
घटना/दुर्घटना

रुकुममा देउसी खेल्दै गरेकी बालिकालाई घाइते बनाएर मोटरसाइकल चालक फरार

रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ नाखिरामा मोटरसाइकलले एक बालिकालाई ठक्कर दिएको छ ।

बुधबार दिउँसो देउसी खेल्दै गरेकी बालिकालाई तिब्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिँदा बालिका घाइते भएकी छिन्। 

प्रहरीका अनुसार चौरजहारी नगरपालिका १ नाखिरा गाउँकै ११ वर्षिया लक्ष्मी गिरीलाई मोटरसाइकलले ठक्कर दिएको हो।

नाखिरा गाउँको पिपलबोट नजिकै ७५७७ नम्बर उल्लेखित मोटरसाइकलले देउसी भैलो खेल्न लागेकी बालिकालाई ठक्कर दिएर घाइते बनाएको प्रहरीले जनाएको छ । ठक्कर दिएर चालक फरार रहेको बताइएको छ ।

घाइते बालिकालाई चौरजहारी अस्पतालमा लगिएको छ । अस्पतालका अनुसार बालिकाको दुबै खुट्टा र टाउकोमा चोट लागेको छ ।

बालिकाको अवस्था सामान्य रहेको जनाइएको छ । प्रहरीले मोटरसाइकल र चालकको खोजी कार्य तीव्र पारिएको जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्