नेभिगेशन
घटना/दुर्घटना

सल्यान खलङ्गाबाट छुटेको गाडी दुर्घटना, आठ जना घाइते

सल्यानमा जीप दुर्घटना हुँदा आठ जना घाईते भएका छन । 

जिल्ला सदरमुकाम खलंगाबाट शारदा नगरपालिका ९ सुनचौर जादै गरेको लुम्बिनी प्रदेश ०२–००१ च ०१९६ नम्बरको बोलेरो जीप सोमबार दिउसो ज्वालापुरमा दुर्घटना हुँदा आठ जना घाईते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक रेशम खत्रीका अनुसार जीप दुर्घटनामा घाईते हुनेमा गाडी चालक शारदा नगरपालिका ९ का बर्ष २७ का सुरेन्द्र कवर, सुनचौर बस्ने बर्ष ७२ की भोटी कुमारी बुढाथोकी, बर्ष १७ का कुलबहादुर बुढा, बर्ष ७१ का लालबहादुर भण्डारी, २१ की मन्जरी राना, निजको पाँच महिनाकी छोरी एलिशा राना, बर्ष २६ का सुशिल कवर र बर्ष ४८ का भुपबहादुर बिक रहेका छन ।

प्रहरी निरिक्षक खत्रीका अनुसार घाईते सबैको उद्धार भैसकेको छ । तीन जनाको जिल्ला अस्पताल सल्यान र पाँच जनाको श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भैरहेको छ । 

जीप अनियन्त्रित भएर सडक देखि करिब ६० मिटर तल खसेको र घटनाको थप अनुसन्धान भैरहेको उनको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्