नेभिगेशन
घटना/दुर्घटना

घाईते निशाको उपचारको क्रममा मृत्यु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ४ निवासी २७ वर्षीया निशा केसी ओलीको उपचारको क्रममा मृत्यु भएको छ । 

असोज ११ गते शनिवार राति सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा भएको गाडी दुर्घटनामा गम्भिर घाईते केसीको आज बिहान उपचारको क्रममा भारतको लखनउमा मृत्यु भएको हो । 

रुकुम पश्चिमको बाँफिकोटबाट दाङतर्फ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा निशाकी आमा ६८ बर्सिया पवि केसी, २७ वर्षीय शशीधर केसी र बाँफिकोट ४ का २७ वर्षीय प्रकाश केसी रहेका थिए ।  

दुर्घटनामा निशा र उहाँका सहोदर दाइ ठगेन्द्र केसी गम्भिर घाइते हुनुभएको थियो । ठगेन्द्रको उपचार चलिरहेको छ । 

निशाको मृत्युसँगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना