नेभिगेशन
घटना/दुर्घटना

नेपालगञ्जबाट रुकुम आउँदै गरेको गाडी सल्यानमा दुर्घटना, तीन जनाको अवस्था गम्भिर

सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा यात्रुवहाक फोर्स गाडी दुर्घटना भएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आज (बिहिबार) बिहान नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारीको लागि छुटेको ६७८८ नम्वरको हाईस गाडी दुर्घटना भएको हो । दुर्घटनामा परेर पाँच जना यात्रु घाईते भएका छन् । तीन जनाको अवस्था भने गम्भिर रहेको छ । 

प्रहरीका अनुसार गम्भिर घाईते हुनेहरुमा चौरजहारी नगरपालिका ५ का ५० वर्षीय बुद्धि बिक, सानीभेरी गाउँपालिका १० का ३४ वर्षीय मदन खड्का र चौरजहारी नगरपालिका १४ का २२ वर्षीय दिनेश ओली रहेका छन् ।

घाईतेहरुलाई उपचारको लागि चौरजहारी अस्पतालमा ल्याईएको छ । गम्भिर अवस्थाका घाईतेहरुलाई थप उपचारको लागि नेपालगञ्ज रिफर गर्ने तयारी भईरहेको अस्पतालले जनाएकोछ । 

गाडी अनियन्त्रीत भई भित्तामा ठोकिएर दुर्घटना भएको बताईएको छ । उक्त गाडीमा १८ जना यात्रु रहेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्