नेभिगेशन
समाज

पहिरोको जोखिममा मुरु स्वास्थ्य चौकी 

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ७ मुरुमा रहेको मुरु स्वास्थ्य चौकी पहिरोको जोखिममा रहेको छ । 

लगातारको बर्षाको कारण स्वास्थ्य चौकीको सडकतर्फको भागमा पहिरो गएको छ भने आँगन भासिएको छ । 

स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य अधिकृत (सातौ) शुसिल बिष्टका अनुसार स्वास्थ्य चौकी मुनिबाट निर्माण गरिएको सडकको कारण स्वास्थ्य चौकी नै जोखिममा परेको छ । गएराती परेको वर्षाको कारण स्वास्थ्य चौकीको प्राङ्गण भासिएको उहाँले जानकारी दिनुभयो । आगनको भागसँगै स्वास्थ्य चौकीको भवन सम्मको भाग भासिएर जोखिम बढेको छ ।

समयमै रोकथामको उपाय नगरे पहिरो जाने प्रवल सम्भावना रहेको र स्वास्थ्य चौकी भवनमा क्षति हुने उहाँले जनाउनुभयो । तत्त्काल उचित कदम चाल्न सरोकारवाला तथा स्थानीय सरकारसँग अनुरोध गरिएको बिष्टले उल्लेख गर्नुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्