नेभिगेशन
घटना/दुर्घटना

रुकुम पश्चिममा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ चौरजहारी बजारस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते हुनुभएको छ।

आईतबार बिहान करिब सल्यानबाट चौरजहारी बजारतर्फ आइरहेको भे ५ प ५६३६ नम्बरको मोटरसाइकलले पैदल यात्रामा रहेकी हरिकली कामीलाई ठक्कर दिएको हो।

अन्दाजी ५६ वर्षीया कामीलाई मोटरसाइकलले ठक्कर दिँदा उहाँको बायाँ खुट्टामा चोट लागेको छ। हाल उहाँको चौरजहारी अस्पतालमा उपचार भैरहेको छ र अवस्था सामान्य रहेको जनाइएको छ।

मोटरसाइकल चालक सल्यान जिल्लाको कुमाख गाउँपालिका–४ निवासी १९ वर्षीय प्रेम गिरी रहेको प्रहरीले जनाएको छ । अहिले मोटरसाइकल र चालक दुवै इलाका प्रहरी कार्यालय चौरजहारीको नियन्त्रणमा रहेका छन्। प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना