नेभिगेशन
समाज

मुसिकोटका दुई वर्षे बालक घरबाटै बेपत्ता

जिल्लाको मुसीकोट नगरपालिका ६ गंगारी निवासी रुद्र बहादुर बोहराको दुई वर्ष पाँच महिनाका छोरा शुसिल बोहरा घरबाटै बेपत्ता भएका हुन् । 

वडा सदस्य अनिल बुढाका अनुसार गत साउन ३१ गते बुवाआमा काम गर्न गएको बेला बालक घरबाटै हराएका हुन्। हराएको दिन देखि बालकको खोजी भईरहेको र तीन दिन सम्म केही पत्ता नलागेको बुढाले जानकारी दिनुभयो ।

बालक घरमा एक्लै भएको अवस्थामा घरबाट हराई बेपत्ता भएको भनी बालकको फुपाजु मोहन ओलीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनुभएको छ । प्रहरीका अनुसार तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली, आफन्त र स्थानीयले खोजी गर्दा पनि बालकलाई फेला पार्न सकिएको छैन ।

फेला पार्नुहुने वा सूचना प्राप्त हुनेले ९७४५५३३४८२, ९७६७८८३११८ नम्बरमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ । 

बालकले माथितिर रातो रङ्गको चोली टाइपको कपडा र तल तिर सेतो रंगको सुरुवाल लगाएको बताईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज