नेभिगेशन
घटना/दुर्घटना

चौरजहारीमा पानी ट्याङ्कर दुर्घटना हुँदा चालक घाइते

रुकुम पश्चिमको चौरजहारीमा ट्याङ्कर पल्टिँदा एक जना घाइते भएका भएका छन्। 

सोमबार बिहान चौरजहारी नगरपालिका ३ स्यालखोलास्थित भित्री सडकमा लु.प्र.०१००१ त ०३२४ नम्बरको पानी ट्याङ्कर दुर्घटना भएको हो । 

प्रहरीका अनुसार दुर्घटनामा परेर बर्दिया गेरुवा गाउँपालिका ५ बजरिया बस्ने बर्ष १८ वर्षीय चालक अंकित चौधरी घाइते हुनुभएको छ । 

स्यालखोला देखि टाटागाउँतर्फ निर्माणाधीन चौरजहारि अस्पतालको लागी पानी लिइ फर्कने क्रममा पानी ट्याङ्कर उकालोमा दुघर्टना भएको हो । ट्याङ्कर सडकबाट करिव ८० मीटर तल खसेका छ ।

दुघर्टनामा परेका चालक चौधरीको मुख र निधारमा चोट लागेको छ । उहाँलाई उपचारको लागी चौरजहारी अस्पताल लगिएको प्रहरीले जनाएको छ । ट्याङ्करमा रहेका सह चालक २३ वर्षी रमेश चौधरी सकुशल रहेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना