नेभिगेशन
घटना/दुर्घटना

झुल्नेटाबाट खुम्चेरी जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -४ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

शुक्रबार दिउँसो त्रिवेणी गाउँपालिका -४ खुम्चेरीको भित्री सडक खण्डमा झूल्नेटा बजारबाट खुम्चेरीतर्फ किराना सामान लिएर जाँदै गरेको ट्रयाक्टर दुर्घटना भएको हो। 

दुर्घटनामा परेर सल्यानको दार्मा गाउँपालिका -५ भट्टेनी बस्ने २८ वर्षीय चालक बुद्विमान खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार लु.प्र.०१-००१ त ७८७ नम्बरको मनकामना हाडवेयर झुल्नेटाको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टर सडकबाट करिव २५० मिटर तल खसेको प्रहरीको भनाइ छ।  

ट्याक्टर धनी टेक बहादुर वलीले दुर्घटनाको जानकारी गराए पश्चात् जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पुनको नेतृत्वमा र प्रहरी चौकी झुल्नेटाबाट प्रहरी वरिष्ठ हवलदार दिपकराज बोहराको कमाण्डमा ट्राफिक सहितको प्रहरी टोली घटनास्थल पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्