नेभिगेशन
समाज

दुलीमा गोरेटो बाटोबाट लडेका युवाको मृत्यु

रुकुम पश्चिममा गोरेटो बाटोबाट लडेर गम्भिर घाईते भएका एक पुरुषको मृत्यु भएको छ । 

जिल्लाको बाँफिकोट गाउँपालिका -८ दुली निवासी २३ वर्षीय टिकाराम बाँठा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आईतबार दिउँसो मेलचौर दुलीस्थित घरतर्फ पैदल जाने क्रममा गोरेटो बाटोबाट लडेर  घाईते हुनुभएका बाँठाको आज बिहान जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो । 

गोरेटो बाटोबाट करिब एक सय मिटर तल खसेर घाईते हुनुभएका उहाँलाई उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ल्याईएको थियो । उहाँको टाउको र निधारमा गहिरो चोट लागेको थियो ।

गम्भिर अवस्थाका उहाँलाई जिल्ला अस्पताल ल्याएर चेकजाँच गर्ने क्रममा चिकित्सकले सोमबार बिहान मृत घोषणा गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज