नेभिगेशन
समाज

रोजगारीका लागि भारत गएका एक रुकुमेलीको मृत्यु

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -४ का एक पुरुषको भारतमा मृत्यु भएको छ । 

वडाको मुसीपाखा निवासी अन्दाजी ५५ बर्षिय जयराम खत्रीको हिजो (मंगलबार) भारतको सिमलास्थित ठियोगमा मृत्यु भएको त्रिवेणी गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष नन्नराम बाँठाले जानकारी दिनुभयो ।  

उहाँका अनुसार दुई महिनाअघि रोजगारीको क्रममा खत्री भारत जानु भएको थियो । त्यस क्रममा उहाँ बिरामी हुनुभएको थियो । टाईफाईडले ग्रष्ट भएपछि उपचारको लागि नजिकैको अस्पताल गएको बेला उहाँलाई मुटु सम्बन्धिको समस्या पनि देखिएको बुझिन आएको वडा अध्यक्ष बाँठाले बताउनुभयो । 

डेरा नजिकै रहेको सिमलाको अस्पतालबाट उपचार गरेर फर्कने बेला उहाँ बाटोमै अचेत हुनुभएको र अस्पताल पुर्याउँदा मुत्यु भएको खबर आएको उहाँले उल्लेख गर्नुभयो । 

उहाँका तीन भाई छोरा हुनुहुन्छ । बुवाको निधनको खबरपछि बैदेशिक रोजगारीको लागि देशबाहिर हुनुभएका उहाँका जेठा छोरा नेपाल फर्कनुभएको छ । 

खत्रीको शव घर ल्याउदै गरेको वडा अध्यक्षले जनाउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज