नेभिगेशन
घटना/दुर्घटना

भेरी करिडोरको रुकुमखण्डबाट भेरीनदिमा टिपर खस्यो, यति बिल्डर्सका तीन कर्मचारी बेपत्ता

मंगलबार बेलुका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -१४ स्थित ठुलीभेरी नदीमा टिपरसँगै खसेका तीन जना अझैसम्म बेपत्ता रहेका छन् ।

आठबिसकोट नगरपालिका ११ चिसापानीबाट वडा नम्वर १४ को छेपारेतर्फ आँउदै गरेको यति बिल्डर्सको रा. १ क. १५०१ नम्बरको टिपर भेरी करिडोर सडकखण्डबाट ठुलीभेरी नदीमा खस्दा चालक सहित तीन जना बेपत्ता भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार बेपत्ता हुनेमा टिपर चालक दाङ जिल्ला निवासी ३५ वर्षीय चालक मनिराम चौधरी, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -३ निवासी यति बिल्डर्सका जेसिबी चालक धनबिर बिक र यति बिल्डर्सको जेसिबीका एक जना हेल्पर रहेका छन् । उनको पहिचान खुलेको छैन । 

उक्त टिपर सडकदेखी करिब दुई सय मिटर तल भेरी नदिमा खसेको प्रहरीको भनाई रहेको छ । बेपत्ताको खोजी भइरहेको बताईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना