नेभिगेशन
समाज

बाँफिकोटको राम्चे भिरबाट लडेर एक युवाको मृत्यु

रुकुम पश्चिमको बाँफिकोटमा एक युवाको भिरबाट लडेर मृत्यु भएको छ । 

बाँफिकोट गाउँपालिका १ माथिगाउँ निवासी ३३ वर्षीय अजय मल्लको बिहिबार राती भिरबाट लडेर मृत्यु भएको हो । 

बाँफिकोट गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष प्रकाश खत्रीका अनुसार बाँफिकोट गाउँपालिका २ स्थित राम्चेडाँडामा रहेको भिरबाट खसेर मल्लको मृत्यु भएको हो । 

गाउँको पल्लोपट्टि चिसापानी भन्ने ठाउँमा लागेको मेलाबाट फर्कदै गर्दा मल्ल भिरबाट लडेको उहाँले जनाउनुभयो । भिरबाट खसेर गम्भिर घाईते अवस्थामा रहेका मल्ललाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज