नेभिगेशन
घटना/दुर्घटना

श्रीमानले चलाएको अटोमा बसेकी श्रीमती अस्पताल भर्ना 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१४ हाँसीवाङमा अटो दुर्घटना हुँदा एक महिला घाईते हुनुभएको छ । 

मध्यपहाडी राजमार्ग अन्तर्गत हाँसीवाङमा बुधबार साँझ रा १ ह ७३१४ नम्वरको अटो दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर मुसिकोट नगरपालिका ४ निवासी ३३ वर्षीया नम्रा ओली घाईते हुनुभएको छ । उहाँलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याईएको छ । उहाँको अवस्था सामान्य रहेको छ । 

अटो चालक घाईते ओलीका श्रीमान् ३७ वर्षीय खम्मबहादुर ओली रहेको प्रहरीले जनाएको छ । अटोमा एक जना मात्रै सवार रहेको र अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीको भनाइ छ । चालक र अटो प्रहरी नियन्त्रणमा रहेको बताईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना