नेभिगेशन
समाज

शीतल माविको ब्याच ६७ द्वारा चौरजहारीमा खुला रक्तदान 

रुकुम पश्चिमको चौरजहारीमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । 

चौरजहारी नगरपालिका -२ स्थित शीतल माविमा सोहि विद्यालयबाट २०६७ सालमा एसएलसी दिएका विद्यार्थीहरुको समुहले रक्तदान कार्यक्रम आयोजना गरेको हो । 

आज भएको रक्तदान कार्यबाट विभिन्न समुहको २१ पिन्ट रगत संकलन भएको नेपाल रेडक्रस सोसाईटी उपशाखा चौरजहारीका सभापति तेजबहादुर बटालाले जानकारी दिनुभयो । उहाँका अनुसार ओ पोजेटिभ ८ पिन्ट, एबी पोजेटिभ २ पिन्ट, ए पोजेटिभ ५ पिन्ट, बी पोजेटिभ ५ पिन्ट र बी नेगेटिभ १ पिन्ट रगत संकलन भएको छ । संकलित रगत रेडक्रसद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रलाई उपलब्ध गराईएको छ ।

बिरामीलाई उपचारको लागि रगत अभावमा नहोस् भन्ने मनसायका साथ रक्तदान गरिएको विद्यार्थी समुहका तिलक लामिछानेले जनाउनुभयो । उहाँका अनुसार वर्षाको बेला बिरामीहरुको संख्या बढी हुने र रक्त सञ्चार केन्द्रमा रगतको अभाव रहेकोले शीतल माविका पूर्व विद्यार्थी साथीहरु बिच सल्लाह गरेर रक्तदान गरिएको हो । "रक्तदान : जीवनदान" भन्ने नाराका साथ उक्त कार्यक्रम  गरिएको हो । 

3d45e710-ffde-402e-8cb0-77b488608516-1752308116.jpegनेपाल रेडक्रस सोसाईटीका जिल्ला उपसभापति गोपाल लामिछानेले पूर्व विद्यार्थीहरु मिलेर पूण्यको काम गरेको बताउनुभयो । उहाँले रक्तदान जस्तो पवित्र कार्यमा विद्यार्थी समुहका साथिहरु एकजुट भएको र संकलित रगत बिरामीको ज्यान जोगाउने कार्यमा उपयोग हुने विश्वास व्यक्त गर्नुभयो । 

विद्यार्थी समुहका बालकृष्ण शर्मा (सन्देश) ले एसएलसी एउटै सालमा दिएका विद्यार्थीहरुको समुह बनाएर सामाजिक कार्यमा योगदान गरिरहेको बताउनुभयो । उहाँले विपन्नहरुलाई सहयोग गर्नुका साथै सामाजिक गतिविधिहरु गर्नलाई शीतल माविबाट २०६७ सालमा एसएलसी दिएका विद्यार्थीहरुको समुह निर्माण गरिएको उहाँको भनाई छ । 

रक्तदान कार्यक्रममा चाैरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी, शिक्षा शाखा प्रमुख टिकाजंग ओली, शीतल माविका प्रधानाध्यापक यदु राना लगायतको उपस्थिति रहेको थियो । रक्तदाताहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ । 

6ae9ed73-91b3-4536-9c52-c4c0458cb71f-1752308113.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्