नेभिगेशन
समाज

चौरजहारीको घुगुती गाउँमा जंगली च्याउ खाँदा नौ जना बिरामी

रुकुम पश्चिमको चौरजहारी नगरपालिका १३ मा जंगली च्याउ खाँदा नौ बिरामी भएका छन् । 

घुगुती राख्ला गाउँका सात जना पुरुष र दुई जना महिला गत बुधबार जंगली च्याउ खाएर बिरामी भएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिनुभयो । 

उहाँका अनुसार जंगलबाट ल्याएको च्याउ खाएपछि बान्ता हुने, चक्कर लाग्ने, पातलो दिसा हुने जस्ता लक्षण देखापरेपछि उहाँहरुलाई बुधबार नै वडा नम्वर १० स्थित सहिद स्मृति नगर अस्पतालमा भर्ना गरिएको थियो । 

बिरामी मध्य ६ जनालाई सामान्य उपचारपछि घर फर्किएको र तीन जनाको उपचार जारी रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उहाँहरुको पनि स्वास्थ्य सुधार भईरहेको छ । 

नगरपालिकाले जथाभावि जंगली च्याउ नखान र सतर्क रहन अनुरोध गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज