नेभिगेशन
घटना/दुर्घटना

चौरजहारीमा मोटरसाइकल दुर्घटनामा परेर ३ जना घाईते

रुकुम पश्चिमको चौरजहारीमा आज दिउँसो मोटरसाईकल दुर्घटना भएको छ । 

चौरजहारी नगरपालिका ६ शान्तिबजार नजिकै भएको मोटरसाईकल दुर्घटनामा परेर तीन जना घाईते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार घाईते हुनेहरुमा चौरजहारी नगरपालिका ६ बस्ने १९ वर्षीय मोहन बिक, सोहि वडाका १७ वर्षका पुर्वहाङ बिटालु र ४० वर्षीया मुना बोहरा रहेका छन् । 

मोहनले चलाएको क. प्र. ०३-००१ प ०४५६ नम्वरको मोटरसाईकल चौफा बजारदेखि चौरजहारी बजारतर्फ जाने क्रममा दुर्घटना भएको हो । प्रहरीका अनुसार अनियन्त्रित अवस्थामा रहेको मोटरसाईकलले घर नजिकै धारामा कपडा धोइरहेकी मुनालाई ठक्कर दिएको थियो । 

मुनाको टाउकोमा गम्भिर र चालक मोहनको टाउकोमा चोट रहेको छ । मोटरसाईकल पछाडि सवार बिटालुको हातमा चोट लागेको छ । घाईते तीन जनालाई चौरजहारी अस्पतालमा उपचारको लागि लिईएकोमा मुना र मोहनलाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना