नेभिगेशन
घटना/दुर्घटना

आठविसकोटमा ट्याक्टर दुर्घटना: ट्रली नदीले बगायो, चालक फरार, सहचालक घाइते

रूकुम पश्चिमकाे आठबिसकाेट नगरपालिका ९ राडी बजार नजिकैको बगरमा ट्याक्टर दुर्घटना भएकाे छ । 

बजारबाट क्याम्पस रोडतर्फ जाँदै गरेको भे २ त १५१८ नम्बरको ट्याक्टर सडकबाट भेरी नदीमा खसेकाे हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार ट्याक्टरको अगाडिको भाग ठुलीभेरी नदीकाे किनारामा छ भने ट्रली नदीले बगाएको छ । 

उक्त दुर्घटनामा परेर जाजरकोटको नलगाड नगरपालिका ६ थाप्ला निवासी १७ वर्षीय कपिल खड्का घाइते हुनुभएको छ । उहाको अनुहार, पेट र हातमा चाेट लागेको छ । घाइते खड्कालाई उपचारको लागि नगर अस्पतालमा लिईएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार चालक भने फरार रहेका छन् । आठविसकोट नगरपालिका १० निवासी चालक दीपक विकको खोजी भईरहेको प्रहरी जनाएको छ ।

तीव्र गतिका कारण अनियन्त्रित भएर ट्याक्टर भेरीमा खसेकाे स्थानीयले जनाएका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना