नेभिगेशन
घटना/दुर्घटना

बाँफिकोटमा जिपले च्यापिएका बालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -५ मा जिपले च्यापेर एक बालकको मृत्यु भएको छ । 

आज (सोमबार) बेलुका बाँफिकोट गाउँपालिका ५ बडगाँउमा रा १ ज ८१२ को जिपले च्यापेर बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सोहि गाउँका शंकर पुनका ३ वर्षको छोरा सिबाङ पुनको मृत्यु भएको हो । 

प्रहरीका अनुसार खंलगाबाट बडगाँउ यात्रु छोडेर बाँफिकोटतर्फ आउँदै गर्दा बडगाँउमा रोकेर पुन चलाउने क्रममा बालक च्यापिएका थिए । बाटोमा खेल्ने क्रममा च्यापिएका बालकको घटनास्थलमै मृत्यु भएको हो । 

बालकको शव घटनास्थलमै रहेको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय बाँफिकोटबाट प्रहरी टोली पुगेको छ भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हरि प्रसाद पुनको कमाण्डमा एक टोली जाँदै गरेको छ ।  

प्रहरीले जिप चालक बाँफिकोट गाउँपालिका ४ बस्ने २२ बर्षीय बिशाल बिक र जिपलाई नियन्त्रणमा लिएको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना