नेभिगेशन
घटना/दुर्घटना

गोतामकोटमा मोटरसाइकलको ठक्करबाट घाईते भएकी बालिकाको मृत्यु

रुकुम पश्चिमको गोतामकोटमा भएको मोटरसाईकल दुर्घटनामा परेर गम्भिर घाईते भएकी बालिकाको मृत्यु भएको छ । 

हिजो दिउँसो आठबिसकोट नगरपालिका ४ गोतामकोटमा मोटरसाईकलको ठक्करबाट घाईते आठबिसकोट नगरपालिका वडा नम्वर ५ निवासी कल्पना बि.क.की पाँच वर्षीया छोरी धनकुमारी बिकको आज बिहान मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश बिष्टका अनुसार आज बिहान नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा बालिकाको मृत्यु भएको हो । 

गोतामकोटस्थित वडा कार्यालय नजिकैको भित्रि सडक खण्डमा वडा कार्यालयबाट गोतामकोटतर्फ जाँदै गरेको अन टेस्ट मोटरसाईकलले बालिकालाई ठक्कर दिएको थियो । डिएसपी बिष्टका अनुसार मोटरसाईकल चालक आठबिसकोट नगरपालिका ५ निवासी १९ वर्षीय किशोर बि.क.लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाईते बालिकालाई तत्कालै आठबिसकोटस्थित नगर अस्पतालमा लिईएको थियो । स्वास्थ्य अवस्था गम्भिर भएपछि थप उपचारको लागि बिहिबार नै नेपालगञ्ज रिफर गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना