नेभिगेशन
समाज

रुकुम पश्चिममा खानेपानीको पाईप जोड्न गएकी बालिकाको भिरबाट खसेर मृत्यु 

रुकुम पश्चिमको आठबिसकोटमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । 

आठबिसकोट नगरपालिका ९ घर भई वडा नम्वर ७ ज्यामिरे बस्ने कालिबहादुर खत्रीको १६ वर्षीया छोरी बालिका खत्रीको आज बिहान भिरबाट खसेर मृत्यु भएको हो । 

प्रहरीका अनुसार खानेपानीको पाइप जोड्न गएकी बालिकाको घर देखि पाँच सय मिटर टाढा रहेको भिरबाट खसेर मृत्यु भएको हो । 

भिरबाट खसेर करिब १५ मिटर तल खसेकी बालिकाको टाउकोमा गम्भिर छोट लागेको थियो । उपचारको लागि आठबिसकोट नगर अस्पताल राडीमा लिएको र उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको मृतकका भिनाजु लोकेन्द्र पुनले जानकारी दिनुभयो । 

मृतकका परिवारका अनुसार बालिकाले एसइई दिएर रिजल्टको पर्खाईमा रहेकी थिईन् । परीक्षाफल प्रकाशित नहुँदै बालिकाको मृत्यु भएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्