नेभिगेशन
घटना/दुर्घटना

मुसिकाेटकाे पातुखोलामा स्कुटर र सल्लेमा ट्याक्टर दुर्घटना, तीन जना घाईते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा परेर तीन जना घाईते हुनुभएको छ । 

आज मंगलबार बिहान रातामाटाबाट खलंगा बजार आउँदे गरेको स्कुटर पातुखोलामा दुर्घटना हुँदा दुई जना घाईते हुनुभएको छ भने गएराती सल्लेमा भएको ट्याक्टर दुर्घटनामा परेर चालक घाईते हुनुभएको छ । 

प्रहरीका अनुसार पातुखोलामा रा ४ प ७८८२ नम्वरको स्कुटर अनियन्त्रित भई  सडकमा पल्टिदा मुसिकोट नगरपालिका ५ निवासी ५० बर्षीय चालक केवल सिंह दमाई र वडा नम्वर १ निवासी ३६ वर्षीया पुष्पा शाही घाईते हुनुभएको छ । दमाईको बाँया हात र खुट्टामा र शाहीको बाँया खुट्टामा चोट रहेको छ । 

त्यसैगरी गएराती मुसिकोट नगरपालिका १ सल्लेबाट खलंगा आउँदै गरेको रा १ त २९२० नम्वरको ट्याक्टर मोड्ने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाईते हुनुभएको छ । मुसिकोट नगरपालिका ७ निवासी २२ वर्षीय मोहन पुन घाईते हुनुभएको प्रहरीले जनाएको छ । पुनको टाउको, अनुहार  र दुबै हातमा चोट रहेको छ । 

दुबै दुर्घटनाका घाईतेहरुलाई जिल्ला अस्पताल सल्लेमा उपचारका लागि लिईएको र अवस्था सामान्य रहेको बताईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना