नेभिगेशन
घटना/दुर्घटना

आठविसकोटको खौलामा जिप दुर्घटना, सहचालक घाइते

रुकुम पश्चिमको आठविसकोट नगरपालिका ११ को खौलामा जिप दुर्घटना भएको छ । 

मंगलबार बेलुका राडी बजारबाट वडा नम्बर १३ को घेत्माको लागि गएको लु १ च ९४५५ नम्बरको जिप दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार दुघर्टनामा परेर जिपका सहचालक घाइते हुनुभएको छ । आठविसकोट नगरपालिका १३ निवासी २३ वर्षीय लक्ष्मण बिसी घाइते हुनुभएको हो । 

उहाँको हात र खुट्टामा चोट रहेको छ । घाइते बिसीलाई उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ल्याएको प्रहरीले जनाएको छ । 

जिपमा आठबिसकोट नगरपालिका १३ निवासी २२ वर्षीय चालक महेन्द्र बुढाथोकी र सहचालक मात्र रहेको बुझिएको छ । गाडिमा चालक र सह चालक मात्र रहेको र चालकलाई केही नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषी पाठकले जानकारी दिनुभयो । 

जिप ब्रेक फेल भई सडक देखी करिब १० मीटर तल खसेको प्रहरीको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना