नेभिगेशन
घटना/दुर्घटना

रुकुम पश्चिममा विद्युत मर्मतका लागि पोलमा चढेका कर्मचारीको मृत्यु

रूकुम पश्चिममा विद्युत मर्मतका लागि पोलमा चढेका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । 

रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्वर ३ निवासी २९ वर्षीय खिमबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । 

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार बिहिबार राती मुसिकोट नगरपालिका ४ बोहरागाउँमा विद्युत मर्मतका क्रममा पोलमा चढेका खड्कालाई करेन्ट लागेको थियो । 

खड्का नेपाल विद्युत प्राधिकरण रूकुमकोट वितरण केन्द्रमा कार्यरत रहेको बताईएको छ । रूकुम पूर्वमा विद्युत अवरुद्ध भएपछि मर्मतका लागि पोलमा चढेका खड्काको घटनास्थलमै मृत्यु भएको हो ।  

केन्द्रीय प्रशारण लाइनको तार नजिकै रहेको सोलाबाङ लघु जलविद्युत आयोजनाको तारमा छोइदा खड्कालाई करेन्ट लागेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । 

खड्काको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा ल्याईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना