नेभिगेशन
समाज

गरिब तथा विपन्न उपभोक्तालाई वन समुहले दियो सिलाई कटाई तालिम

रुकुम पश्चिमको एक सामुदायिक वन उपभोक्ता समुहले गरिब तथा विपन्न अवस्थाका उपभोक्ताहरुलाई सिलाई कटाई तालिम प्रदान गरेको छ । 

जिल्लाको मुसिकोट नगरपालिका १ मा रहेको कैलदेउ सामुदायिक वन उपभोक्ता समुहले वन समुहमा आवद्ध गरिब तथा विपन्न उपभोक्तालाई ९० दिने सिलाई कटाई तालिम प्रदान गरेको हो । 

विपन्न अवस्थाका उपभोक्ताहरुको सीप विकास गरेर आयआर्जनको बाटोमा लगाउन ९० दिने तालिम प्रदान गरिएको वन समुहका अध्यक्ष मान सिं बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार विपन्न अवस्थाका उपभोक्ताहरुको सीप विकास गरेर स्वरोजगारमार्फत आर्थिक अवस्था बलियो बनाउन तालिम सञ्चालन गरिएको हो । 

तालिममा १४ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमका लागि वन समुहले ६० हजार रुपियाँ खर्च गरेको जनाएको छ । 

शुक्रबार एक कार्यक्रमका विच उक्त तालिम सम्पन्न गरिएको छ । वन समुहका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा निमित्त डिभिजनल वन अधिकृत खड्कलाल नेपालीको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्र कार्यक्रममा मुसिकोट सव डिभिजन कार्यालयका वन अधिकृत अनिसा पराजुली, मुसिकोट नगरपालिका वडा नम्वर १ का वडा सदस्य गणेश हमाल, वन रक्षकहरु रण बहादुर डाँगी, नेवबहादुर देवकोटा र बिरेन्द्र चौधरी लगायतको अतिथ्यता रहेको थियो । 

तालिम प्रभावकारी रहेको सहभागिहरुले जनाएका छन् । उनीहरुले तीन महिनासम्म सिकेको सीपलाई व्यवहारमा उतारेर आयआर्जनका लागि व्यवसाय समेत सञ्चालन गर्ने प्रतिक्रिया दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्