नेभिगेशन
समाज

राती घरबाट निस्केका एक पुरुषको भेरीनदी किनारमा शव फेला

रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ स्थित भेरी किनारमा एक पुरुषको शव फेला परेको छ। 

चौरजहारी नगरपालिका १ नाखिरा गाउँका ६२ वर्षीय मोतिलाल सुनारको शव फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार सोमबार बिहान दुई बजे घरमा कोही कसैलाई जानकारी नगराई निस्केका सुनारको आज दिउँसो तीन बजे भेरी नदी किनारमा शव फेला परेको हो। 

घरबाट निस्केका सुनारलाई आफन्तहरूले खोजी गर्दै जाँदा भिरबाट लडेर भेरी नदीको किनारमा मृत अवस्थामा फेला पारेको बताइएको छ। 

प्रहरीका अनुसार मृतकले मादक पदार्थ सेवन गर्ने र मानसिक स्वास्थ्य सम्बन्धीको औषधि सेवन गर्ने गरेको पाइन्छ। 

घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक मदनकुमार जैसीको नेतृत्वको एक टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज