नेभिगेशन
समाज

मजदुर दिवसको अवसरमा चौरजहारीमा रक्तदान

रुकुम पश्चिमको चौरजहारीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

बिहिबार १३६ औ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ चौरजहारीले रक्तदान कार्यक्रम आयोजना गरेको हो । 
'रक्तदान : जीवनदान'' भन्ने मान्यताका साथ मजदुर दिवसको अवसरमा रक्तदान गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी चौरजहारीले सञ्चालन गरेको ब्लड बैंकमा उक्त कार्यक्रम गरिएको हो । आज ७ जनाबाट ७ पिन्ट रगत संकलन भएको रेडक्रसले जनाएको छ । 

दिवसकै अवसरमा आज महासंघले चौरजहारीमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ ।

श्रमिकहरुको सामाजिक सुरक्षाको कार्यान्वयनको बिषयमा सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको अखिल नेपाल ट्रेड युनियन महासंघ चौरजहारीले जनाएको छ । 

493143841_3898218780394659_8871652730981048307_n-1746113631.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज