नेभिगेशन
घटना/दुर्घटना

सानीभेरीको एक घरमा आगलागी हुँदा नगदसहित लाखौको सामान नष्ट

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -५ घापागारमा एक घरमा आगलागी भएको छ । 

बिहिबार बेलुका स्थानीय मनविर खत्रीको दुई तले घरमा आगलागी हुँदा नगद रुपिँयासहित घरायसी सामाग्री जलेर नष्ट भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार खरले छाएको ढुङगामाटोले बनेको कच्चि घरमा खाना पकाउने क्रममा एक्कासी आगलागी भएको हो । आगलागीबाट घरमा रहेको अन्नपात, कागजपत्र, लत्ताकपडा, भाडावर्तन र घरमा रहेको नगद रकम समेत जलेर क्षति भएको छ । 

यसका साथै घर पनि पूर्ण रुपमा जलेर नष्ट भएको छ । उक्त आगो सवा एक घण्टापछि नियन्त्रणमा आएको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो। 

सोहि वडाका वडा अध्यक्ष मोतिराम खत्रीले आगलागीको खबर प्रहरीलाई गराउनु भएको र क्षतिको विवरण संकलन भईरहेको बताईएको छ । वडा अध्यक्ष खत्रीका अनुसार पीडित खत्रीको घरमा राखिएको तीन लाख रुपियाँ पनि जलेको छ । 

आगलागीबाट मानविय र पशुचौपायको क्षति भने भएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना