नेभिगेशन
समाज

बाल सञ्जालद्वारा चौरजहारीमा नाटक, दौड र गित प्रतियोगिता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित नगर बाल सञ्जालले विद्यार्थीहरु विचमा विभिन्न प्रतियोगिताहरु आयोजना गरेको छ । 

सञ्जालले हिसाब दौड, लोक नृत्य र सडक नाटक प्रदर्शनी कार्यक्रमको आयोजना गरेको हो । सञ्जालका अध्यक्ष दिपक डाँगीका अनुसार माघ १८ गते हिमालय माध्यमिक विद्यायल खोलागाउँमा प्रतियोगिता सञ्चालन हुनेछन् । 

बालबालिकाहरुमा रहेका अन्तरनिहित प्रतिभाहरुको प्रष्फुटन गर्नको लागि सिर्जनात्मक रुपमा प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष डाँगीले जानकारी दिनुभयो । उहाँले लोक नृत्य प्रतियोगिता बाल विवाह न्यूनिकरण र बालअधिकार सम्बन्धी र सडक नाटक बाल विवाह न्यूनिकरणका लागि सचेतनामूलक हुनुपर्ने बताउनुभयो । 

हिसाब दौड प्रतियोगिता आधारभूत तह (कक्षा १ देखि ५ सम्म), लोक नृत्य प्रतियोगितामा आधारभूत तह (कक्षा ६ देखि ८ सम्म) र सडक नाटकमा माध्यमिक तह (कक्षा ९ देखि १२ सम्म) का विद्यार्थीहरुले भाग लिन पाउने सञ्जालले जनाएको छ । 

सञ्जालले एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालय र संस्थागत विद्यालय शिक्षक र विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागिताको लागि अनुरोध गरेको छ । 

6934b1e2-7493-4082-a167-e271b8fa99be-1738162608.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज