सोसल मिडिया
रुकुम पश्चिमकोबाँफिकोट गाँउपालिका -३ भाग्लेमा बन्दै गरेको विद्युत पावर हाउसमा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
सल्यान जिल्ला कपुरकोट गाउँपालिका -२ निवासी ३३ वर्षीय मानबहादुर नेपालीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
प्रहरी नायव उपरिक्षक नवराज पोखरेलका अनुसार आज दिउँसो साढे तीन बजेको समयमा नेपालीलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । नेपाली लेवरको रुपमा पावर हाउसमा कार्यरत थिए ।