नेभिगेशन
साहित्य

गजल  - विकास खड्का

विकास खड्का

गजल 

जाउन् जानेवाला, आउन् आउनेवाला
हेक्का राख्दैनन् दिलमा सजाउनेवाला 

को छ आफ्नो ? को हो यसरी नजिक हुने ?
को हो मनमा बसेर मन दुखाउनेवाला ?

सुन्नेहरु कहानी सुनेर कहिल्यै थाकेनन्
बरु थाकेका छन् कहानी सुनाउनेवाला

दुनियाँ कसरी कमाउने सोच्दै सोच्दैनन्
सम्पत्ति कसरी कमाउँछन् कमाउनेवाला

अचेल बिच सफरमा पछुताउँदै  होलान् 
जिन्दगीलाई बालुवाको घर बनाउनेवाला ।

- रुकुम पश्चिम

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य

दयालुहरूको लेक : दयालेक !

चुडेल बनेकी पूर्व प्रेमिका

गजल - विकास खड्का

कथा : भूतसँगको भेट !

कथा : रूकुम ३६