नेभिगेशन
साहित्य

कविता : अब मलाई तिम्रो नेतृत्व स्वीकार्य छैन

उ बेलामा 
तिमी आयौ मेरो घर आँगनमा 
मिठा आश्वासन छरेउ
मेरो जलेको हृदयमा 
शितलता दिन्छु झैँ गरेउ

तिमी को थियौ त्यो म जान्दिन
मैले यति मात्र सोचे कि !
अब तिम्रो भाषणले 
हाम्रो पनि आषण फेरिन्छ
तिम्रो पार्टी प्रचाले 
हाम्रो पनि दर्जा फेरिन्छ
तिमिले देखाएको आशाले 
हाम्रो जीवनको निराशा फेरिन्छ 

तर अपसोच,
काल्पनिकताले छरेको भ्रम यति भयानक हुन्छ 
यो कहिले पनि सोचिन
बिश्वासले बाँधिएको बिषालु जालो थाप्न सारै सिपालु तिमी
त्यसमा हाम फाल्न हतारिएको म
मेरो सोझोपन र इमान्दारिता
साहेद त्यसकै परिणाम होला
आज म
सन्तान बिनाकी आमा
दाइ बिनाकी बहिनी
श्रीमान् बिनाकी श्रीमती हुन बाध्य भए

मेरो अबोध बालक 
आफ्नो अधिकार प्राप्तिको लागि तिम्रो शरणमा पर्दा
रक्ताङ्गिन भेलमा बग्न बाध्य भयो
फक्रदै गरेका कोपिला फुल्न नपाउदै बोटमै निमोठियो
हजारौं सपना बोकि उडेका चरिहरुको पखेटा काटियो
पुतलीको भेषमा थिए कोहि बगैँचा भेट्नु अघि नै बगैँचा मासियो

भो, 
अझैपनी तिमी मेरो आँखामा पट्टि बाँध्न नखोज
तिम्रो पट्टिले अब मेरो काख भरिदैन
तिम्रो पट्टिले अब मेरो सिन्दुर चुरा पोते फर्किदैन
तिम्रा रित्ता आतंककारी सोचले म भरिसके
अब तिम्रो लागि मेरो आँगनमा टेक्ने ठाँउ छैन
कृपया तिमी मेरो नजिक नआउ 
मलाई अब तिम्रो नेतृत्व स्विकार्य छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य

गजल - विकास खड्का

कथा : भूतसँगको भेट !

कथा : रूकुम ३६

बाँफिकोटको सम्झनामा