नेभिगेशन
साहित्य

गजल - विकास खड्का

गजल

जसको छातीमा ठूलो दखल छ 
केवल उसकै आँखामा जल छ ।

त्यहाँ तिमीले सम्हालिएर हिड्नु
जहाँ आफन्तको चहलपहल छ ।

के दिन्छ्यौ छुट्टिदा चिनो मलाई
हातमा घडी रैछ घाँटीमा सल छ ।

जति हेर्दा आँखा कठोर देखियो
त्यति मेरो मन कोमल कोमल छ ।

कसरी अघि बढाउने यी पाइला
जताततै दु:खै दु:खको दलदल छ ।।

- सानीभेरी गाउँपालिका १, रुकुम पश्चिम

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य

कथा : भूतसँगको भेट !

कथा : रूकुम ३६

बाँफिकोटको सम्झनामा

कविता : स्यार्पुको रङ्ग