मुसिकोटमा भएको गाडी दुर्घटनामा तीन जनाको मृत्यु, तीन जना घाईते

सोमबार, जेठ २८, २०८१

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ निपानेमा भएको गाडि दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएका छन् । 

आईतबार बेलुका साढे आठ बजे सोलाबाङ देखि धाउने जोड्ने भित्रि सडकखण्डमा मुसिकोट खलंगाबाट बाँफिकोट गाउँपालिका -४ को छिनखेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०४१३ नम्वरको डबल क्याप बोलेरो गाडि दुर्घटना भएको हो । 

दुर्घटनामा परेर बर्दियाको ठाकुरबाबा नगरपालिका ५ का २७ वर्षिय सौगात बिक, गाडी चालक सुर्खेतको गुर्भागोट नगरपालिका ८ मेहलकुनाका ३० वर्षिय धर्मेन्द्र श्रेष्ठ र सुर्खेतकै बराहताल गाउँपालिका ५ बड्डीचौरका १९ वर्षिय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिनुभयो । दुर्घटनाको सूचना लगत्तै  घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 

दुर्घटनामा परेर थप तीन जना घाइते भएका छन् । घाइते हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ छिनखेतका १७ वर्षिय सुजन विक, बर्दियाको ठाकुरबाबा नगरपालिका ५ का २६ वर्षिय दिलीप थापा र सोहि स्थानका २७ वर्षिय आर.एन. भनिने टीकाराम खनाल रहेका छन् ।

तीनै जना घाईतेललाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ । घाईते मध्य दिलिप र टिकारामको अवस्था गम्भिर रहेको बताईएको छ ।  

दुर्घटनामा परेको गाडि इन्टरनेट सेवा प्रदायक संस्था वल्र्ड लिङ्क कम्युनिकेसनको रहेको छ । । गाडी सडकबाट करिब दुई सय मिटर भन्दा तल खसेको थियो । 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०६:०९
प्रतिक्रिया दिनुहोस्