मुसिकोटकाे गिल्वाङ नजिकै गाडी दुर्घटना, तीन जनाको अवस्था गम्भिर

आइतबार, जेठ २७, २०८१

रुकुम पश्चिम । आईतबार बेलुका रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १ गिल्वाङ नजिकै गाडी दुर्घटना भएको छ । दुर्घटनामा परेर तीन जना गम्भिर घाईते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार मुसिकोट खलंगाबाट बाँफिकोट गाउँपालिका ४ को छिनखेतबाट तर्फ जाँदै गरेको कर्णाली प्रदेश २-००१ च ०४१३ नम्वरको सानो गाडि सोलावाङ - बालुवा सडकखण्ड अन्तर्गत  गिल्वाङ नजिकै दुर्घटना भएको हो । 

गाडिमा ६ जना सवार रहेको र सबै घाईते भएको बताईएको छ । घाईते मध्य तीन जनाको अवस्था गम्भिर रहेको डिएसपी पोखरेलले जानकारी दिनुभयो । घाईतेहरुको पहिचान खुलेको छैन । घाईतेहरुलाई जिल्ला अस्पताल सल्ले ल्याईदै गरेको उहाँले बताउनुभयो । 

इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंक कम्युनिकेशनको उक्त सानो गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको बताईएको छ । दुर्घघटनाको थप विवरण आउन बाँकी छ ।

अहिले प्रहरी निरीक्षक बखत बहादुर शाहीको नेतृत्वको टोलीले घटनास्थल पुगेर घाईतेहरुको उद्धार गरिरहेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २२:४४
प्रतिक्रिया दिनुहोस्