शैक्षिक सुधारका लागि बढी जिम्मेवारी शिक्षकको हुन्छ : निर्वतमान मुख्यमन्त्री शर्मा

आइतबार, वैशाख १६, २०८१

रुकुम पश्चिम । कर्णाली प्रदेशका निर्वतमान मुख्यमन्त्री राजकुमार शर्माले शैक्षिक सुधारका लागि सवैभन्दा बढी जिम्मेवार शिक्षक हुनुपर्ने वताउनु भएको छ ।  उहाँले शिक्षकले चाहेमा कक्षाकोठा र विद्यालयलाई परिवर्तनको केन्द्र बनाउन सकिने र शिक्षाका माध्यामवाट समाजको नेतृत्व गर्ने दक्ष जनशक्ति तयार गर्न सकिने बताउनुभएको छ । 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा शिक्षकको पेशागत हकहितका लागि गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि शिक्षकले अगुवाई गरेर समुदायमा  जागरण ल्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,  'विद्यालयहरूलाई व्यवस्थित रुपमा सञ्चालनका लागि सार्वजनिक शिक्षा सुधारको योजना अगाडि बढाइएको  छ । यसमा  शिक्षकले नेतृत्व लिनुपर्दछ ।'

कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्य जीतवहादुर शाहले शिक्षकले शिक्षा सुधारका लागि खेल्ने भूमिका विषयमा सहजीकरण गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०८:५९
प्रतिक्रिया दिनुहोस्