घोराहीबाट रुकुम आउँदै गरेको बस सल्यानमा दुर्घटना

बुधबार, वैशाख ५, २०८१

सल्यान । दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रुवहाक बस सल्यानमा दुर्घटना भएको छ ।

बुधबार बिहान रा १ ख २०८५ नम्बरको बस सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङ खोला पुलमा दुर्घटना भएको बताईएको छ।

दुर्घटनामा परेर एक दर्जन यात्रुहरु घाइते भएको र घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन् ।

घाइतेहरुलाई उपचारको लागि जनप्रिय पोलि क्लिनिक र सहज पोलि क्लिनिक बागचौरमा लिइएको छ । बस पुलछेउबाट तल खसेको बताईन्छ । दुर्घटनाको कारण र क्षतिको एकिन विवरण आउन बाँकी रहेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्