आठविसकोट महोत्सवमा आज ‘धुर्मुस–सुन्तली’ 

बिहीबार, चैत २९, २०८०

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ राडिमा भईरहेको आठविसकोट पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवमा आज बिहिबारका दिन चर्चित हास्य कलाकार ‘धुर्मुस–सुन्तली’ को प्रस्तुति रहने भएको छ । 

महोत्सव आयोजक संस्था कला, संस्कृति, पर्यटन प्रवद्र्धन केन्द्रका तुल देवकोटाका अनुसार महोत्सवको आठौ दिन आज कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को प्रस्तुती रहने छ । ‘धुर्मुस–सुन्तली’ सहित अन्य स्थानीय कलाकारहरूले पनि विभिन्न प्रस्तुति राख्ने कार्यक्रम रहेको महोत्सव संयोजक देवकोटाले बताउनुभयो । 

महोत्सवमा बुधबार लोक तथा दोहोरी गायिका टीका सानुले प्रस्तुति राख्नुभएको थियो । चैत २२ गतेबाट सुरु भएको महोत्सज आगामी बैशाख २ गतेसम्म सञ्चालन हुने बताईएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०९:५६
प्रतिक्रिया दिनुहोस्