बागलुङमा दुर्घटना : चालकसहित आठ जनाको मृत्यु, २५ जना घाईते

सोमबार, चैत ५, २०८०

रूकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको रात्रिबस बागलुङमा दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ।

बस दुर्घटनामा परेर २५ जनाभन्दा बढी घाइते भएको बागलुङ प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्ग हुँदै सोमबार बिहान काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका– ६ जाउलेपानीमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा परेर मृत्यु हुने र घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ। अहिले पनि उद्धार कार्य जारी रहेको छ । 

घटनास्थल पुगेका निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार बसमा कति जना थिए भन्ने पनि एकिन भइसकेको छैन। जंगल र भिरालो ठाउँमा दुर्घटना भएकाले घाइते र मृतकको संख्या अझै बढ्न सक्ने बताईएको छ ।  

उहाँका अनुसार खोल्सामा अझै पनि यात्रुको खोजी भइरहेको छ, बसका चालकको पनि मृत्यु भएको छ ।  घाइतेको उपचार गर्न प्राथमिक उपचार केन्द्र बुर्तिवाङ पठाइएको छ। दुर्घटनामा परेका यात्रुको खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको पहिचान भइसकेको छैन।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १९:३५
प्रतिक्रिया दिनुहोस्