मोटरसाईकलको ठक्करबाट घाईते चौरजहारीका एक युवाको मृत्यु

मंगलबार, पुस १७, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिममा मोटरसाईकलको ठक्करबाट घाईते भएका एक युवाको मृत्यु भएको छ । 

चौरजहारी नगरपालिका वडा नम्बर १ निवासी ३६ बर्षिय संगम प्रकाश गिरीको उपचारको क्रममा सोमबार राती कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । गिरीलाई चौरजहारी नगरपालिका १ मा सोमबार बेलुका कर्णाली प्रदेश ०२–००– १ प ९०७४ नम्वरको मोटरसाईकलले ठक्कर दिएको थियो । 

उपचारको लागि चौरजहारी अस्पतालमा लिईएका गिरीको अवस्था गम्भिर भएपछि थप उपचारको लागि कोहलपुर मेडिकल कलेज लिईएको थियो । कोहलपुरमा उपचारको क्रममा गिरीको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिनुभएको छ । 

मोटरसाईकल चालक चौरजहारी नगरपालिका वडा नम्वर १० निवासी बिनोद ओलीलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय चौरजहारीले जानकारी दिएको छ । 

सोही मोटरसाइकलकै ठक्करबाट दुई जना घाइते समेत भएका छन । चौरजहारी नगरपालिका वडा नम्बर १ निवासी ३२ बर्षिया निर्मला बुढाथोकी र ९ महिनाको नाबालक गौरव गिरी घाइते हुनुहुन्छ । 

दुबै जनाको उपचार उपचार कोहलपुर मेडिकल कलेजमा भैरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्