चौतारामा बस र ट्याक्टर ठोक्किदा एक जना घाईते

बिहीबार, मंसिर २८, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१३ चौतारामा बिहिबार बिहान गाडि दुर्घटना भएको छ ।

सानीभेरी गाउँपालिकाको सिम्लीबाट काठमाडौको लागि छुटेको यात्रुवहाक बस र मुसिकोट नगरपालिकाको सोलाबांगबाट सिम्लीतर्फ गईरहेको ट्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार रा १ ख ३१०९ नम्वरको गाडि र रा १ त ३५२२ नम्बरको ट्याक्टर एक आपसमा ठोकिएका हुन् । दुर्घटनामा परेर एक जना घाईते हुनुभएको छ । 

घाईते हुनेमा सानीभेरी गाउँपालिका १ की कौशिला बिक रहनुभएको छ । उहाँलाई सामान्य चोट लागेको प्रहरीको भनाई छ । दुर्घटनाको पूर्ण विवरण आउँन बाँकि रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्