नगर बस र जिप सेरिगाउँमा ठोक्किदा एक जना घाइते 

सोमबार, मंसिर १८, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका सेरिगाउँमा दुर्घटना भएको छ ।

चौरजहारीबाट आउँदै गरेको नगर बस र खलंगाबाट जाँदै गरेको बोलेरो जिप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

नगर बस र रा १ च १२६४ नम्बरको जीप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परेर जीपमा सवार एक जना घाइते हुनुभएको छ ।

मुसिकोट नगरपालिका १ सल्लेकी कमला थापा घाइते हुनुभएको प्रहरीले जानकारी दिएको छ । उहाँको टाउँकोमा चोट लागेको छ भने अन्य यात्रुहरु सकुशल रहेको बताइएको छ । 

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १०:१५
प्रतिक्रिया दिनुहोस्