घाँटिमा मासु अड्किएर त्रिवेणीमा एक पुरुषको मृत्यु

बिहीबार, मंसिर १४, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ जिवाङ्ग खल्डाँडामा एक पुरुषको मृत्यु भएको छ । 

सोहि गाउँका ६३ वर्षिय मनबहादुर सुनारको शुक्रबार दिउँसो मृत्यु भएको हो । मृतकका गाउँले (भतिज नाता पर्ने) गणेश सुनारका अनुसार खाना खाने बेलामा घाँटिमा मासु अड्किएर उहाँको मृत्यु भएको हो ।

आफ्नै भाईको घरमा ढीडो र  हड्डिसहितको मासु खाने बेला घाँटिमा अड्किएको थियो । त्यसको केहि समयपछि दिउँसो करिब २ बजे उहाँको मृत्यु भएको मृतकका भतिज सुनारले बताउनुभयो । 

मृतक सुनार अपांगता भएका व्यक्ति हुनुहुन्थ्यो । भारतको बम्बैमा गाडि दुर्घटनामा पर्नुभएका उहाँको एउटा खुट्टा रबरको रहेको र बैशाखीको सहाराले हिडडुल गर्ने गरेको बताईन्छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्